Harsamaya
भरत दाहालको पक्राउप्रति शेखर कोइरालाको आपत्ति, तत्काल रिहाइ गर्न माग
- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भरत दाहालको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइ गर्न सरकारसँग आग्रह गरेका छन् ।

सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाले स्वेच्छाचारी हुने उल्लेख गर्दै कोइरालाले दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण भएको बताएका छन् ।

‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ । भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो । हामी कस्तो समाज निर्माण गर्दैछौं,’ उनले भनेका छन् ।

कोइरालाले भरत दाहाललाई तत्काल रिहाइ गर्न र यस्ता लोकतन्त्रविरोधी क्रियाकलाप फेरि नदोहोरिने प्रतिबद्धता जनाउन सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update