१३ लाख किशोरीलाई लगाइयो एचपिभी खोप
आइतबार, फागुन ४, २०८१
अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।
शान्दार मम घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो
आइतबार, फागुन ४, २०८१
कमलपोखरीस्थित सानदार म:म पसलमा माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
आइतबार, फागुन ४, २०८१
चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताए। क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले बताए।
यी ५ खानेकुराहरूले बढाउनेछ बालबालिकाको स्ट्यामिना
आइतबार, फागुन ४, २०८१
मौसम जुनसुकै होस्, बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु हाम्रो पहिलो प्राथमिकता हो। आफ्नो बच्चा स्वस्थ र बलियो होस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले हरेक आमाबाबुले आफ्नो बच्चालाई स्वस्थ खाना खुवाउँछन्। डाक्टरहरूका अनुसार विकासशील बालबालिकालाई उचित पोषण र ऊर्जायुक्त खाना खुवाउनु महत्त्वपूर्ण हुन्छ।
तेह्रथुममा मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित
आइतबार, फागुन ४, २०८१
सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् । शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतको परीक्षण गरिएको थियो । जिल्लाका छ वटै पालिकाबाट मुटुको समस्या भएका बिरामी परीक्षणका लागि आएका थिए ।
अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर बर्न अस्पतालमा, अवस्था जोखिममुक्त
शनिबार, फागुन ३, २०८१
दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । बर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए ।
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि...
शनिबार, फागुन ३, २०८१
शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेसनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे
शुक्रबार, फागुन २, २०८१
जिल्लामा १६ बङ्गुर मरिसकेका र २२ बङ्गुर बिरामी अवस्थामा रहेका छन् । प्रयोगशालामा नमुना परीक्षण गर्ने क्रममा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अधिकृत रुद्रसिं ठकुरीले जानकारी दिए ।
मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
शुक्रबार, फागुन २, २०८१
आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।
बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम
शुक्रबार, फागुन २, २०८१
बाँकेका केही स्थानीय तहहरू बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम रोगको जोखिममा छन् । जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मधेशमा अनधिकृत रूपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
बिहीबार, फागुन १, २०८१
प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।
सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार
बिहीबार, फागुन १, २०८१
हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताए ।
जाडोमा घाम ताप्दा साथमा राख्नुहोस यी चीज, शान्ति र चयन मिल्छ
बिहीबार, फागुन १, २०८१
यस्तो अवस्थामा कोही पार्कमा गएर बस्छन् भने कोही घरको टेरेस वा बालकनीमा बसेर मिठो घामको आनन्द लिन्छन् । घाममा बस्दा शरीरलाई भिटामिन डी पनि प्राप्त हुन्छ, जुन शरीरका लागि राम्रो हो । सूर्य स्नानले दिमागलाई शान्त पार्छ र मुड सुधार्छ।
साताको लोकप्रिय

