अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरूलाई सञ्चालन अनुमति लिनकालागि सूचना जारी गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले हाल सञ्चालनमा रहेका तर अनुमति नलिएका संस्थाहरूलाई अनुमति लिन ३५ दिने सूचना जारी गरेको हो ।
बागमती प्रदेश सरकारद्वारा २०८१ कात्तिक १ गते प्रदेश राजपत्रमा प्रकाशित प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ को दफा १३ को उपदफा (१) ले यो ऐन प्रारम्भ हुँदाको बखत सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले यस ऐन बमोजिम तोकिएको पूर्वधार तथा मापदण्ड पूरा गर्ने प्रयोजनका लागि एक पटकको लागि मन्त्रालयले यस्तो सूचना जारी गरेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १७:५१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
