तीजमा पुरुषहरुले व्रत बसे समानता आउँछ : मन्त्री खड्का (भिडियोसहित)
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तीजको व्रत पुरुषहरुले पनि बस्ने हो भने समान हुने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय पुरुषहरुले पनि साथ सहयोग गर्ने गरेको भन्दै व्रत पनि लिने हो भने समान हुने बताए ।
उनले भने, ‘तीज महिलाहरुको मात्र रहेन् । पुरुषहरुले पनि त्यत्तिकै सहभागि हुने साथ सहयोग गर्ने र सबैको पर्व हो भनेर मनाउन थालिएको छ । तर पुरुषहरुले पनि ब्रत बस्ने हो भन्ने बल्ल समानता आउँछ भन्ने लाग्छ ।’
यस्तै, उनले तीज सबै धर्मावलम्बीहरुले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए ।
धार्मिक, सांस्कृति र सामाजिक कुराले नेपालीहरु एकदमै धनी भएको पनि उनको भनाई छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ १७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय