Harsamaya
सशस्त्र प्रहरीले संचालनमा ल्यायो निशुल्क बस सेवा
सशस्त्र प्रहरीले संचालनमा ल्यायो निशुल्क बस सेवा ।

काठमाडौँ - वडादशैंका अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस संचालनमा ल्याएको छ ।

चाडपर्वका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुहरुलाई सहज आवतजावतका लागि दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए । 

सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार तीन दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update