Harsamaya
नेपाल शिक्षक महासंघले  सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, ९ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

काठमाडौं - नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  काठमाडौंमा पत्रकार सम्मेलन गरि शिक्षा विधेयकमा आफूहरूमा माग सम्बोधन नभएको भन्दै महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघले  सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने रहेको छ ।

भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ । यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।

भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने महासंघका नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update