Harsamaya
सुनसान बन्दै रामेछापको ऐतिहासिक साँघु टार बजार 
रामेछापको साँघु टार बजार  ।

रामेछाप - कुनै बेला अत्यन्त चल्तीको ओलढुंगासँग जोडिएको रामेछापको पुरानो बजार साँघु टार अहिले सुनसान जस्तो देखिएको छ । रामेछापको लिखु खोला किना, पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुरदेखिका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्य नाकाको रूपमा रहेको साँघु टार बजार अहिले सुनसान बनेको छ । 

विसं १९६४ साल तिर सँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि साँघु टारमा आउजाउ गर्नेको चहलपहल बढेको थियो । मानिसहरू चहलपहल बढ्न थाालेपिछ साँघु टारमा एक स्थानीले नाङ्लो पसल सुरु गरेका थिए । त्यस पछि स्थानीय नेवारहरूका साथै भक्तपुरबाट आएका भौकाजीहरुले १९८५ सालबाट दोकान सुरु गरेका साँघु टारका ९० वर्षीय व्यापारी बद्रीदास भौकाजी बताउँछन् ।

हजुरबाले सुरु गरेको साँघु टारको व्यापारलाई बद्रीदास भौकाजी र उनका छोरा लगायत छोरो पुस्ताले धान्दै आएका छन् । कुनै बेला सामान दिन समेत भ्याइन भ्याइ हुने साँघु टारका व्यापारीहरू अहिले ग्राहक कुरेर बसेका छन् । साँघु टार बजार आफैमा ऐतिहासिक बजार हो । एक सय वर्ष अघि बसेको यो बजारमा ढुङ्गा माटोले बनेका एकै खालका अग्ला अग्ला घर छन् । ढुङ्गा माटाले बनेका पुराना चार तले घरमा अहिले बाहिरबाट सिमेन्ट पोतिएको छ । बजारमा बिस्तारै सिमेन्टका नयाँ घर बन्ने क्रम सुरु भएको छ ।

पुराना घर र यसको पुरानो मौलिकतालाई जगाई राख्न पुराना घर संरक्षणको कार्यक्रम ल्याउन जरुरी छ । अन्यथा यसको इतिहास माटोमा मिसिने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update