
काठमाडौं - नेकपा माओवादी केन्द्र विदुर नगर समितिले कार्यकर्ता प्रशिक्षण गरेको छ । बुधबार नुवाकोटमा नेकपा माओवादी केन्द्र विदुर नगर समितिले नगरका नेता तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण गरेको हो।
पार्टीका केन्द्रीय सदस्य हित बहादुर तमाङको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा सदस्य राम प्रसाद ढुंगाना, बैंकल्पिक केद्रीन्य सदस्य तथा जिल्ला ईन्चार्ज हिरानाथ खतिवडा, बागमती प्रदेश समिति सचिवालय सदस्य तथा नगर ईन्चार्ज कल्पना रिमाल, प्रदेश समिति सदस्य लिलानाथ न्यौपाने, प्रदेश समिति सदस्य नारायण नेपाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
प्रशिक्षणका लागि पार्टी केन्द्रीय सदस्य बागमती प्रदेश स्कुल विभाग सह-ईन्चार्ज डि पि ढकाल, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज हिरानाथ खतिवडा, बागमती प्रदेश समिति सहसचिव माधव लामिछाने, प्रदेश समिति सचिवालय सदस्य कमरेड पुष्प लामिछाने, निवर्तमान नगर समिति अध्यक्ष प्रभा बोगटी, नगर सहईन्चार्ज बद्री प्याकुरेलले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।