
काठमाण्डौं - जोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेस गर्ने समयावधि थप गरिएको छ । सुरुमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म तोकिएको भए पनि माग अनुसार पर्याप्त आवेदन नपरेको भन्दै कम्पनीले भदौ १९ गते सम्मका लागि समयावधि थप गरेको हो । हाल कायम चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर (१ः०.६५ अनुपातमा) १०० रुपैयाँ अंकित दरमा जारी गरेको छ ।
कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।
यस हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सइनराज क्यापिटल लिमिटेड रहेको । लगानीकर्ताले क्यापिटलको काठमाडौं कार्यालय, जोशी हाइड्रोको कार्यालय, लक्ष्मी सइनराज बैङ्कको इलाम शाखा, सि–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था तथा ’मेरो सेयर’ प्रणालीबाट आवेदन दिन सक्नेछन् ।