Harsamaya
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध
लामिडाँडामा पहिरो।

हेटौंडा - त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ ।

बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update