Harsamaya
राप्रपा युवा संगठनको अधिवेशनमा हात हालाहाल,  ज्योति लामाको अध्यक्षतामा समानान्तर समिति गठन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समितिको अधिवेशन ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ । 

आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।

सोही क्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुरामा चित्त नबुझेको कुरालाई छलफल गरेर टुङ्गो लगाउन सकिन्छ भन्दै गुन्डागर्दिबाट कुनै पनि कुराको समाधान नहुने बताएका थिए । विवाद सामान्य हुने अवस्था नरहेपछि भने उनले अधिवेशन स्थगनको घोषणा पनि गरेका थिए । 

उनले भने, ‘युवाहरु भनेको यो पार्टीको भविष्य हो, यो पार्टीको उत्तराधिकारी हो । तपाईहरु कसैको केटा होईन्, कसैको हतियार होईन । त्यसकारण कसैलाई केही कुरामा चित्त बुझेको छैन् भने बन्दसत्रमा कुरा हुन्छ र छलफल गरेर टुङ्गो लगाउन सकिन्छ तर गुन्डागर्दिबाट कुनै पनि कुराको टुङ्गो लगाउन सकिदैँन् र पाइदैँन् । त्यसकारण सबैजना शान्त भएर यो अधिवेशन प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्न चहान्छु ।’

उनी कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update