गाईजात्रा हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसङ्गतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व : दाहाल
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाईजात्रा जीवन,मृत्युको सत्यलाई स्विकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसङ्गतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत गाईजात्रा पर्वको शुभकामना दिँदै उनले गाईजात्राले सबैका बिचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस् भन्दै कामना गरे ।
उनले लेखेका छन्,‘गाईजात्रा पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! जीवन–मृत्युको सत्यलाई स्विकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति–विसङ्गतिमाथि प्रहार गर्ने ऐतिहासिक यो पर्वले सबैका बिचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्।
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

