Harsamaya
मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने
संघीय लोकतान्त्रिक मोर्चा ।

काठमाडौं - संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान आइतबार कैलालीमा हुने भएको छ  ।

तराई मधेशकेन्द्रित ७ दलिय मोर्चाले देशका विभिन्न ८ स्थानमा गर्ने भनि निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यक्ता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको छ ।

कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ । मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update