नेविसंघ सिन्धुपाल्चोकद्वारा ‘समीर’लाई बधाई तथा सम्मान

काठमाडौं – नेविसंघ सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा बागमती प्रदेशका नवनियुक्त खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ ‘समीर’लाई सम्मान तथा बधाई शुभकामना ज्ञापन कार्यक्रम गरेको छ।
कार्यक्रमको सभापतित्व नेविसंघ जिल्ला सचिव दिपेश राज खनालले गरे। प्रथाअनुसार यस्तो कार्यक्रमको सभापतित्व जिल्ला अध्यक्षले गर्ने भए पनि जिल्ला अध्यक्ष पवन घोरासैनी उपस्थित नभएको कारण सचिव खनालले नेतृत्व सम्हालेका हुन्।
सचिव खनालले घोरासैनी अध्यक्ष बनेयता संगठनले कुनै कार्यक्रम आयोजना नगरेको र अध्यक्ष ‘गुमनाम’ रहेको टिप्पणी गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए।
यस विषयमा अध्यक्ष घोरासैनीसँग बुझ्न खोज्दा उनले फोन उठाएनन्।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय