Harsamaya
बागमती प्रदेशमा कांग्रेसका कान्छा सांसद ‘समीर’ उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री
कृष्णकुमार तामाङ ।

सिन्धुपाल्चोक - बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ नियुक्त भएपछि नेपाली कांग्रेसबाट दुई जना मन्त्री बनेका छन्। 

धादिङका शिवराज अधिकारीसँगै सिन्धुपाल्चोक क्षेत्र नं. २ प्रदेशसभा (ख) बाट निर्वाचित सांसद कृष्णकुमार तामाङ ‘समीर’ उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री बनेका हुन् । तामाङ कांग्रेस बागमती प्रदेशका संसदीय दलका सचिव समेत हुन्।

३२ वर्षीय तामाङ बागमती प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ ‘ख’ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएर १७ हजार ७५८ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हस्त पण्डितले १६ हजार २५३ मत ल्याएका थिए।

यससँगै बागमती प्रदेशसभामा कांग्रेसले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेतृत्व थपेको छ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update