काठमाडौं - तीज २०८२ को विशेष अवसरमा नयाँ गीत ‘दिम कि नदिम’ सार्वजनिक भएको छ। गायन, अभिनय, नृत्य र निर्देशनका पक्षमा उत्कृष्ट प्रस्तुतिसहित आएको यो गीतले नेपाली सांगीतिक बजारमा नयाँ स्वाद ल्याएको छ।
गीतमा हरी गिरि बिमर्शी, शान्तिश्री परियार, र विदेशी कलाकार आरिया बोडियोको स्वर समावेश छ। शब्द तथा संगीत पनि हरी गिरि बिमर्शीकै रहेको यो गीतमा परम्परागत तीज भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ।
भिडियोमा पहिलोपटक डान्स युनिभर्स विजेता खुशी कार्की र चर्चित नृत्य कलाकार आश्मा विश्वकर्मा एउटै फ्रेममा देखिएका छन्, जसले दर्शकमा थप उत्साह भरेको छ। उनीहरूसँगै आरिया बोडियो र सन्दीप बाबु लोहनीको पनि दमदार अभिनय देख्न पाइन्छ।
गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोले कथात्मक र भिन्न दृश्यात्मक प्रयोगका लागि चर्चा बटुल्दैछ। उनी नेपाली म्युजिक भिडियोमा फरक सोच र निर्देशनशैलीका लागि परिचित नाम हुन्। कोरियोग्राफी रोशन विश्वकर्माको रहेको छ, जसले गीतमा मिठास र उर्जा थपेको छ।
भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन र कलर ग्रेडिङ मिलन विश्वकर्माको छ। मनोज पौडेल खत्री प्रमुख सहायक क्यामराम्यान हुन्। आर्ट डिरेक्टर मानिक पाख्रिन, निर्माता मनोज बस्नेत र श्याम भण्डारी रहेका छन्।
आईएम्पेरियल बैंक्वेट, केएल टावर चाबहिलमा छायांकन गरिएको भिडियोमा विदेशी गायिका आरिया बोडियोको नेपाली गीतमा नृत्य र गायन क्षमताले थप आकर्षण ल्याएको छ।‘दिम कि नदिम’ ले तीज गीतहरूमा फरक स्वाद र शैली ल्याएको भन्दै दर्शकले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।यस गीतको निर्माण मनोज बस्नेत र श्याम भण्डारीले गरेका छन् ।