Harsamaya
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघिय संसद सचिवालय ।

काठमाडौं - सङ्घीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ बजेका बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची छ । 

यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update