डा.शेखर मंगलबार स्याङ्जा जाने

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला मंगलबार स्याङ्जा जाने भएका छन् ।
स्व. कमल प्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्व. कमल प्रसाद पंगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनका लागि स्याङ्जा जान लागेका हुन् ।
सो कार्यक्रम भीरकोट नगरपालिका वयरघारीको सिटिहलमा बिहान ११ बजे हुने कोइरालाको सचिवालयले जनाएको छ । उनी भोलि बिहान काठमाडौंबाट पोखरा हुँदै स्याङ्जा जाने तय भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ १८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय