प्रेम सम्बन्धमा पारी प्रेमिकालाई भारतमा बेच्न लगेका हिरा माझी पक्राउ

पर्सा - मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । सखुवा प्रसौनी गाउँपालिका-५ बस्ने २५ वर्षीय हिरा माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
हिराले पीडितलाई प्रेम सम्बन्धमा पारी विभिन्न प्रलोभन देखाई ललाई फकाई विवाह गर्छु र भारतको दिल्लीमा काम लगाई दिन्छु भनि काठमाडौंबाट वीरगंज हुँदै भारतको दिल्ली लैजाने लागेको अवस्थामा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी उनलाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय