Harsamaya
दरमखोला हाइड्रोको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं - दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि साउन १५ देखि २९ लाख १९ हजार ५ सय कित्ता आइपिओ जारी गरेको थियो । कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अङ्कित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

यस अघि नै कम्पनीले कुल जारी पुँजीको १०: १० प्रतिशत शेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।   यसका साथै  लगानीकर्ताले मेरो शेयर बाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update