Harsamaya

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन् । २०८१ साउन ९ गते मुख्यमन्त्री बनेका उनले आइतबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् ।  

 सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर बागमती प्रदेश सरकारबाट बिदा भए । 

लामालाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरी केही दिनअघि संसदीय दलको नेताबाट हटाइएको थियो ।

दलको नेतामा पराजित भएपछि लामालाई मुख्यमन्त्रीबाट हट्नुपर्ने दबाब बढेको थियो ।

बागतीमा अब कांग्रेस प्रदेश संसदीय दलका नेता बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update