Harsamaya
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक ।

काठमाडौं - आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । 

बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो । 

माओवादी केन्द्रले गत फागुनमा अभियानअन्तर्गत मध्यपहाडी लोकमाग अभियान चलाएको थियो । उक्त अभियानलाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बस्दैछ । 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update