Harsamaya
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा

काठमाण्डौं - राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा रहेको छ । लगानीकर्ताले बोलपत्रमा साउन २० गते सम्म आवेदन पेस गर्न सक्नेछन् ।

न्युन्तम १०० रुपैयाँ अंकित यो शेयर खरिदका लागि सबै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विराटनगर, विरगञ्ज, जनकपुर, हेटौँडा,  नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर र विर्तामोड बाट आवेदन पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update