Harsamaya
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने
प्रतिकात्मक तस्वीर ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। 

कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभाग एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राती,  लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहि बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। 

लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक‍/ दुई स्थानमा मेघगर्जन / चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update