Harsamaya
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं - संघीय संसद अन्तर्गत  विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । आज कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजनाको मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।

यस्तै बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गरिने छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने कार्यसूची रहेको छ । 

सार्वजनिक लेखा समितिको ४७ औँ बैठक बिहान ११ बजे बस्दै छ छ भने बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिने छ ।

बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको ९९ औँ बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update