
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि सर्तहरू दृढता पूर्वक लागू गर्न आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले ४ वटा सर्तहरू अघि सार्दै दृढता पूर्वक लागू गर्न आग्रह गरेका हुन् । शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुने,नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गर्ने लगायतका उनको सर्तहरू छन् ।
यस्ता छन् सर्तहरू :
१.पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाऊ ।
२. शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।
३. प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।
४. नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौँ ।