Harsamaya
भरूवा बन्दुकसहित कैलालीबाट दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कैलाली - गोदावरी नगरपालिका-८ स्याउलेबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्र बहादुर चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा भरूवा बन्दुक १ थान, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्र बहादुरको घर तलासी गर्दा भरूवा बन्दुक १ थान फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update