Harsamaya

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले कम्युनिष्टहरुले आक्रमण गर्दा काँग्रेसका नेताहरू बोल्न नसकेकोमा दुःख लागेको बताएका छन् । 

मंगलबार काठमाडौंमा बि.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको बिपी विचार विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कुलिङ अफ पिरियडमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गरेको आरोप लगाउँदै उनले त्यस विषयमा काँग्रेस नेतृत्व बोल्न नसकेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । हामी बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले पनि हामीहरूले भन्न सक्नुपर्छ, सभापतिले प्रधानमन्त्रीलाई राखेर भन्न सक्नुपर्छ । यो स्वीकार्य हुन्न, फटाफट गर्नुस् भन्नुपर्छ । गल्ती हामीबाट पनि भएको छ । राज्य व्यवस्थाको पनि गल्ती छ सभापतिले किन हेरेन ? तर सच्याउने नाममा अहिले राष्ट्रिय सभामा एमालेका सांसदले कांग्रेसको कोर भ्यालुजमा अट्याक गरेको हो कि होइन ? यो हामीले बुझ्न जरुरी छ ।’

त्यस्तै, उनले देउवाले टेक एन्ड पे मा अडान लिए जस्तै कुलिङ अफ पिरियडका विषयमा पनि अडान लिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update