राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिक
                            
                            
                                                        
                                                     
                                                                        काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्यान्ड कभर म्याप २०२०–२०२२ ( राष्ट्रिय भू–ढकान नक्सा) आज राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरेका छन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित सो भू–क्षेत्र नक्सा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जङ्गल कायम हुनुपर्ने बताए । उनले वनबाट कमाउने अभियान र नवमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक भएको सो नक्सामा उल्लेख भए अनुसार देशभर जङ्गलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १५:५९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)