Harsamaya
राप्ती हाइड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने

काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको छ । कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आवेदन परेको थिएन ।

सोही शेयरलाई कम्पनीले अहिले बोलकबोल प्रक्रिया मार्फत विक्री गर्न लागेको हो । कम्पनीले यही साउन १३ गतेदेखि उक्त हकप्रदको बिक्री आवेदन खुलाउने जनाएको छ । न्यूनतम १०० रुपैयाँ अङ्कित दरको यो हकप्रद खरिदका लागि सबै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले साउन २० गते सम्म बोलपत्र पेस गर्न सक्नेछन् । न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैङ्कको शाखा कार्यालयहरू, ठिमी–भक्तपुर, कुमारी पाटी–ललितपुर, बागलुङ,बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर,हेटौडा, नारायणगढ र पोखराबाट आवेदन पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update