Harsamaya

काठमाडौं - नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिव तथा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले नेपाली कांग्रेस जनताको मन जित्न लाग्यो भने कसैले हराउन नसक्ने बताएका छन् । सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जालमार्फत कांग्रेसको चरित्र हत्या गर्न लागेको उनले आरोप लगाए । जनताको माझ बसेर जनताको मन जित्ने काममा लागिपर्दै गर्दा कांग्रेसलाई कसैले हराउन नसक्ने उनले बताए । 

‘मोहन बहादुर बस्नेतले लगेको बिजुलीमा मोबाइल चार्ज गरेर उहाँले खोलेका स्कुलमा सावा अक्षर पढेर फेसबुकका भित्ताहरूमा जुन ढंगले उहाँमाथि आरोप लगाउने काम भएको छ यस्ता कुराले हामीलाइ केही फरक पर्ने छैन’, उनले भने । यसका माध्यमबाट तपाईंहरूले आफूलाई सफल बनाउन सक्नुहुने छैन उनले अन्य पार्टीलाइ चेतावनी दिए  । 

अर्जुन लामाको हत्यारा अग्नि सापकोटा सम्मानति हुँदै गर्दा आज अभियोग लागेका मोहन बस्नेत लाई छिछि दुरदुर गर्ने उहाँहरूको जुन क्रियाकलाप देखिएको छ त्यसको कुनै तुक नरहेको उनले बताए । पार्टीका कारण हत्यारालाइ भोट हाल्ने अवस्था आएको उनले गुनासो गरे ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update