एमाले पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौं - नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको सङ्ख्या ११ बाट बढाएर १५ पुर्याउने प्रस्तावमा पनि नेताहरूबिच सहमति जुटेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२ ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय