Harsamaya
सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको छ ।

सिन्धुपाल्चोक  - सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको छ ।

शुक्रबार चौतारामा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्दै सिन्धुपाल्चोक पूर्ण खोप सूनिश्चित जिल्ला घोषणा भएको हो । जिल्लाको १२ वटै स्थानीय तह पूर्ण खोप सूनिश्चित यसअघि नै भइसकेका छन् ।

पूर्ण खोप सुनिश्चितता, यसको दिगोपन तथा जिल्लाको भूमिकाका बारेमा विस्तृत छलफल र प्रतिबद्धतापश्चात् पूर्ण खोप सूनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईले जानकारी दिए । 

बजगाईंका अनुसार जिल्लाका सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको सक्रिय सहभागितामा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

जिल्लाभित्र २३ महिनासम्मका सबै बालबालिकाले सबै प्रकारका खोप पूरा गरिसकेका र खोपको मात्रा पूरा हुने सूनिश्चिता अनुसार पूर्ण खोप घोषणा गरिएको हो । सिन्धुपाल्चोकलाई पूर्ण खोप तथा दिगोपना घोषणा गर्दै मन्त्री थापाले प्रदेश अस्पतालहरुको स्तरवृद्धि, जनशक्ति व्यवस्थापन र उपकरणहरुको व्यवस्थापन प्रदेश सरकारको प्रथमिकतामा रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update