Harsamaya
बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो
नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेल ।

काठमाडौं - नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किए पनि बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको बताएका छन् । 

शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैर बैंकिङ सम्पति बढ्दा पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको बताएका हुन् । 

उनका अनुसार ऋणीहरू कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ । 

उनले भने, ‘अर्थतन्त्र क्रमिक रूपमा लयमा फर्किएपनि बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको छ । यसबाट पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको छ । ऋणीहरू कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ ।’ 

त्यस्तै गैरबैंकिङ क्षेत्रको निष्कृय सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने तयारी गरेको पनि उनले जानकारी गराए । कम्पनी स्थापनाका लागि अब कानुनी संरचना तयार गर्ने प्रक्रिया अगाडि बढाइने उनले बताए ।

‘गैरबैंकिङ क्षेत्रको निष्कृय सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने तयारी राष्ट्र बैंकले गरेको छ । अब कानुनी संरचना तयार गरी प्रक्रिया अगाडि बढाइने छ’ उनले भने । 

यो पनि पढ्नुहोस

विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी

यो पनि पढ्नुहोस

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update