Harsamaya
विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी
नेपाल राष्ट्र बैंक ।

काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइरहेको बताए । 

उनले भने,‘विश्वको आर्थिक वृद्धिदरमा क्रमिक सुधार देखिएतापनि पछिल्लो समय भू–राजनीति तनाव र कतिपय देशको कठोर व्यापार नीतिको कारण अनिश्चितता बढेको छ । तथापी विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइ कोभिडपूर्वको स्थितिमा पुग्न लागेको छ ।’

त्यस्तै उनले, सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको जानकारी गराए ।

उनका अनुसार विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गइरहेको छ भने २०२४ मा ५.७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा ४.३ प्रतिशत मात्रै रहने कोषको प्रक्षेपण छ । 

उनले भने,‘सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको छ । विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गइरहेको छ । २०२४ मा ५.७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा ४.३ प्रतिशत मात्रै रहने कोषको प्रक्षेपण गरेको छ ।’ 

विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरू समेत विस्तार भइ आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको राष्ट्र बैंकको दाबी छ । विदेशी पर्यटन आगमन निर्यातको बढोत्तरीले विदेशी विनिमय सञ्चिति बढेको गभर्नर पौडेलले जानकारी दिए । 

उनले भने,‘अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको, मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको र विदेशी पर्यटन आगमन निर्यातको बढोत्तरीले विदेशी विनिमय संचिती बढेको छ । विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरू समेत विस्तार भइ आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ ।’  

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update