Harsamaya
देशभर मनसुनी वायूको प्रभाव,  कोशी , बागमती , गण्डकी  र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशको एक- दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो भने देशभर आंशिक देखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानगमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र  हिमपातको सम्भावना रहेको छ।

आज राती भने देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानगमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update