Harsamaya
नाला–भक्तपुर सडकखण्ड खुल्यो
अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज देखि यातायात सञ्चालनमा ।

काठमाडौं - अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज देखि यातायात सञ्चालनमा ल्याइएको छ । 

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।

भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो । 

शनिबार राति ६ वटा ठूलठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो । 

मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update