Harsamaya
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद सचिवालय ।

काठमाडौं - संघीय संसद अन्तर्गत आज  दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ । बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update