Harsamaya
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने

काठमाडौं- खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नेपाल धितो पत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृति प्राप्त गरेको थियो । 

कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन प्रयोजनका एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिटिजन्म क्यापिटल रहेको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update