निजामती विधेयक फेरबदल घोर अपराध हो, संसदको अपमान नगरौं - डा. शेखर

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसदमा सर्वसम्मतिबाट पेस गरिएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा. कोइरालाले देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान भन्दै कडा आपत्ति जनाएका हुन्।
डा. कोइरालाले कुलिङ पिरियड नराखी विधेयक अगाडि बढाउने दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्दै परिवर्तित व्यवस्थालाई आजै पुरानै अवस्थामा फर्काइनुपर्ने बताए ।
‘कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन’, उनले भने ।
कोइरालाको यस्तो कडा अभिव्यक्तिले सत्तापक्ष र नीति निर्माण तहमा तरंग ल्याएको छ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय