असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी

काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आफ्नो गृह जिल्ला नुवाकोटमा धान रोपाइँ गरेका छन् ।
असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवसको अवसरमा उनले नुवाकोटस्थित लिखु गाउँपालिका–६, थानसिंह गाउँमा धान रोपाइँ गरेका हुन् ।
केसीको प्रमुख आतिथ्यतामा नेपाल किसान महासंघ नुवाकोटले उक्त धान रोपाइँ कार्यक्रमको आयोजना गरेको थियो ।
किसानको मेहनतलाई सम्मान र हौसला प्रदान गर्ने उद्देश्यले उनी रोपाइँ कार्यक्रमममा सहभागि भएका हुन् । रोपाइँ कार्यमा सरिक हुँदै उनले असार केवल खेतीको समय मात्र नभई यो संस्कृति र एकताको प्रतिक भएको धारणा व्यक्त गरे ।
सरकार र विभिन्न संघ संस्थाहरुले आज देशभर धान रोपाइँ कार्यक्रम गरेर र दही चिउरा खाएर रोपाइँ महोत्सव मनाएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ २१:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय