Harsamaya
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघिय संसद सचिवालय ।

काठमाडौं - संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति   ,विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), को बैठक बस्न लागेको हो ।

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । यस्तै बिहान ११:३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ । 

बिहान ११ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ.व.२०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ । यस्तै बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update