Harsamaya
चीनका शहरहरू खेल पर्यटकका लागि अब्बल
चीनका विभिन्न शहरहरू खेल पर्यटनका लागि आकर्षित बन्दै ।

एजेन्सी - चीनका विभिन्न शहरहरू खेल पर्यटनका लागि आकर्षित बन्दै गएका छन् । केही महिनाअघि एको ड्र्यागन बोट फेस्टिभलमा १० करोड ६० लाख पर्यटकले अवलोकन गरेपछि चीनमा खेल पर्यटनले गति लिएको हो ।

उक्त फेस्टिभलमा राजश्व वृद्धि वार्षिक रूपमा ४४.५ प्रतिशतले बढेपछि सरकार समेत उत्साहित देखिएको छ । त्यस्तै पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्चेङ शहरमा, जियाङ्सु फुटबल सिटी लिग प्रतियोगिताले हजारौं प्रशंसकहरूलाई आकर्षित गरेको थियो ।

प्रान्तका प्रत्येक शहरका फुटबल टोलीहरू बीचको प्रतिस्पर्धा एक सांस्कृतिक महोत्सव झैँ बनेको थियो । आयोजकहरूले प्रत्येक खेलको सबै टिकटहरू बिक्री भइसकेको र विज्ञापन राजस्व विगतका वर्षहरू भन्दा राम्रो भएको प्रतिक्रिया दिए । अन्य ठूला प्रतियोगितामा पनि पर्यटकहरूको आकर्षण बढ्दो छ ।

यता, मे ३१ देखि जुन २ सम्म चलेको ड्र्यागन बोट फेस्टिभल काउन्टीमा लगभग २ लाख ३० हजार पर्यटकहरू आएका थिए । जसमध्ये पर्यटन राजस्व लगभग २ करोड ५० लाख अमेरिकी डलर पुगेको बताए ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update