Harsamaya
फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

काठमाडौं - फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि विक्रीमा राखिएको छ । संस्थाले संस्थापक शेयर धनी ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्डको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि सबै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको हो । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बालुवाटारमा रहेको एनएमबी क्यापिटलमा शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update