रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । तर सभामुख देवराज घिमिरेले विरोधकाबीच कार्यसूची अघि बढाएपछि उनीहरूले बैठक बहिस्कार गरेर बाहिर निस्केको हुन् ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय