Harsamaya
स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर
कालीमाटी प्रहरी बिट अगाडीको करखुसी खोला किनारमा बनेका अवैध संरचनाहरू हटाउँदै काठमाडौं महानगर ।

काठमाडौं - काठमाडौं महानगरपालिकाले कालीमाटी प्रहरी बिट अगाडीको करखुसी खोला किनारमा बनेका अवैध संरचनाहरू हटाउने प्रक्रिया सुरु गरेको छ । आइतबार दिउँसो टोजरसहित पुगेको महानगरको टोली केही संरचनाहरू भत्काउन सुरु गरेको हो । 

वडा नम्बर १४ का वडा सदस्य अच्युत सापकोटाले डुबानबाट बच्नका लागि तयारी स्वरूप स्थानीयवासीको सहकार्यमा संरचनाहरू भत्काउन सुरु गरिएको जानकारी दिए । 

‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुबान हुने भएकाले स्थानीयवासीसँगै सहकार्यमा तत्कालका लागि केही पुलहरू हटाउन सुरु गरेका हौं,’उनले भने । 
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update