Harsamaya
१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार
भारतीय सीमाबाट उद्धार गरिएकी किशोरी ।

रौतहट - एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ ।

भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो । 

किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ । काठमाडौंबाट किशोरीलाई राम्रो जागिर तथा विहे गर्ने प्रलोभन देखाएर लैजादैं गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन् ।

किशोरीले स्टार मेकर एपमार्फत भारत विहार पूर्वी चम्पारणका शेख रिजवानसग मित्रता भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको किशोरीले बताइन् । 

मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखी रिजवानलाई रक्सौलको हरैया थानामा बुझाएको छ । रिजवानविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान जारी छ  ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update