Harsamaya
काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक ।

 

काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

बैठक काँग्रेस पूर्व सांसद ढुण्डिराज शास्त्रीको गत सोमबार निधन भएपछि शोक प्रस्ताव पारित गर्नेका लागि बोलाइएको हो । शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update