Harsamaya
७० बोरा गाँजासहित दुई जना पक्राउ
धनकुटा सहिदभुमि गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई ।

सुनसरी - इटहरी उपमहानगरपालिका-२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् । 

इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update