Harsamaya
ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल नियन्त्रणमा
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ठूलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभावकारी रूपमा खटाइएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा सवारी साधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका मोटरसाइकलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update